OUR Services

कक्षा ८ (BLE)/कक्षा १० एसईई (SEE) तयारी कक्षा/अंग्रेजी भाषा कक्षा (English Language Class)/सबै तहका ट्युसनहरू (All Level Tuition)/कम्प्युटर तालिम (Computer Training)

Services

We offer a diverse range of educational programs designed to meet the specific needs of school-level students, from academic support to skill development.कामना ओपन स्कूल (Kamana Open School), कोटेश्वरले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार्न र उनीहरूलाई रोजगारीका लागि दक्ष बनाउन शैक्षिक (Academic) र सीपमूलक तालिम (Skill-based Training) दुवै किसिमका कार्यक्रमहरू एकैसाथ सञ्चालन गर्दै आएको छ ।

यो कार्यक्रम विशेष गरी नियमित विद्यालय जान नपाएका, उमेर बढी भएका वा विगतको परीक्षामा असफल (Non-graded) भएका विद्यार्थीहरूका लागि लक्षित 

कक्षा ८ (BLE) तयारी कक्षा

कक्षा ८ (BLE) तयारी कक्षा: विद्यालय तह बीचमै छोडेका विद्यार्थीहरूका लागि जिल्ला/नगरपालिका स्तरीय परीक्षा उत्तिर्ण गराउने उद्देश्यले आधारभूत तहदेखि तयारी गराइन्छ।

कक्षा १० एसईई (SEE) तयारी कक्षा: नयाँ विद्यार्थी (Fresh) वा परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्ड (NEB) को SEE परीक्षा उत्तीर्ण गराउन परीक्षा-केन्द्रित विशेष कोचिङ कक्षाहरू सञ्चालन गरिन्छ ।

अंग्रेजी भाषा कक्षा (English Language Class)

अंग्रेजी भाषा कक्षा (English Language Class): विद्यार्थीहरूको सञ्चार कला र आत्मविश्वास बढाउन स्पोकन इंग्लिश (Spoken English) र व्यक्तित्व विकासका कक्षाहरू सञ्चालन गरिन्छ । साथसाथै अन्य भाषा कक्षाहरू जापनिज,काेरियन,फ्रेन्च आदि सिकाईन्छ 

सबै तहका ट्युसनहरू (All Level Tuition)/कम्प्युटर तालिम (Computer Training)

सबै तहका ट्युसनहरू (All Level Tuition): विभिन्न कक्षाका विद्यार्थीहरूका लागि उनीहरूको आवश्यकता अनुसार विषयगत ट्युसन कक्षाहरूको पनि व्यवस्था छ ।

कम्प्युटर तालिम (Computer Training): डिजिटल युग सुहाउँदो आधारभूत (Basic) देखि एड्भान्स कोर्षहरू र प्रयोगात्मक तालिमहरू प्रदान गरिन्छ ।

Why choose Kamana Open School?

Our commitment to excellence, experienced faculty, and student-centric approach make Kamana Open School the ideal choice for your child's educational journey. We foster an environment of growth, discovery, and success.

SEE EDUCATION कक्षा १० (SEE)

लचिलो समय व्यवस्थापन (Flexible Shifts)

  • जागिर गर्ने, पसल चलाउने वा घरायसी काममा व्यस्त रहने विद्यार्थीहरूका लागि व्यवस्थापनले बिहान,

    • दिउँसो र बेलुका गरी तीनवटै सिफ्टमा कक्षाहरू मिलाएको छ।

    • विद्यार्थीको कार्यव्यस्तता अनुसार सिफ्ट परिवर्तन गर्नुपरेमा व्यवस्थापनले आन्तरिक रूपमा सहजै सहजीकरण गरिदिन्छ।

What we do?

वैकल्पिक वा खुला रूपमा परीक्षा दिँदा धेरै कानुनी र सरकारी कागजातहरू (जस्तै: फारम भर्ने, सरकारी विद्यालयसँग समन्वय गर्ने, दर्ता गर्ने) आवश्यक पर्छ।यी सबै झन्झटिला सरकारी प्रक्रिया र फारम भर्ने कामहरू संस्थाको व्यवस्थापन आफैँले गरिदिने हुनाले विद्यार्थीहरूले चिन्ता गर्नु पर्दैन।

Create Your Own Website With Webador